धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या आएपछि…

0
Shares

काठमाडौँ।

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ।

दिउँसो ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेका विमानको इन्जिनमा टेक्निकल समस्या भएपछि काठमाडौं अवतरण गरिएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार अहिले विमान सकुशल अवतरण भइसकेको छ।

विमानमा भएका यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाउने तयारी छ।