धुलिखेल, काभ्रेपलाञ्चोक ।
कलाकार दिपकराज गिरीले समय परिवर्तनसँगै नेपाल समाचारपत्र पनि परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
काभ्रेको धुलिखेलमा जारी कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबारदेखि जारी कार्यक्रममालाई सम्बोधन गर्दै गिरीले समय अनुरसार व्यवसायीकरुपमा परिर्वतन हुन आजको आवश्यकता भएको बताए ।
उनले पछिल्लो समयमा नयाँ पुस्तामा आएको सोच, विचारले मुलुकलाई परिर्वतन गर्न टेवा पुग्ने बताए । कलाकार गिरीले सुरुमा आफू पनि पत्रकारनै भएको हुनाले पत्रकारले भोग्नु परेकाे कठिनाइ आफूले पनि महसुस गरेको बताएको छन् ।
साथै उनले समाचारपत्र समाजमा स्थापित पत्रिका भएकाेले अझ राम्राे बनाेस भन्ने शुभकामना दिएका छन् ।











प्रतिक्रिया