पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री



पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी पृष्ठभूमिका पार्टीहरुबीच एकताका लागि छलफल भइरहेको बताउनु भएको छ ।

शनिबार बिहान पोखरामा उपस्थित माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुुरा बताउनु भएको हो ।

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ, प्रधानमन्त्रीले भन्नुभयो ।

हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ, प्रधानमन्त्रीले अगाडी भने, त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ । हामीले राम्रो गर्न खोज्दैछौँ । सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्