संसद् दिवस मनाइँदै, मामिलामा नयाँ नेतृत्व चयन हुँदै



काठमाडौं । आज (शनिबार) विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ ।

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौंमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् ।

यसैगरी संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन शुरू भएको छ ।

संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त अधिवेशन शुरू भएको हो । सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

जसअनुसार नयाँ नेतृत्वका लागि सविन धमला, तुल्सी सापकोटा, विष्णु खडका, मनोज सत्यालले दावी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्