बेलायती विकास मन्त्रीले दिए राजीनामा



एजेन्सी ।

बेलायती विकास मन्त्रीले राजिनामा दिएका छन् । पर्यावरणको मुद्धालाई लिएर विकास मन्त्री ज्याक गोल्ड स्मिथले राजिनामा दिएका हुन ।

प्रधानमन्त्री ऋषि सुनकको सरकारमा रहेका राष्ट्रमण्डल विकास मन्त्री ज्याक गोल्ड स्मिथले वातावरणको मुद्दामा सरकार उदासीन रहेको भन्दै राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन । जुन राजिनामा कारण प्रधानमन्त्री सुनक स्तब्ध हुन पुगेका छन् ।

तर सुनकले वातावरणको मुद्दामा नभइ संसदको अधिकार क्षेत्रका बारेमा गरेको टिप्पणीलाइ लिएर उनले राजिनामा गरेको जानकारी दिएका छन् । भने, ‘गोल्डस्मिथलाई हाउस अफ कमन्सको विशेषाधिकार समिति विरुद्ध उनको अनुपयुक्त टिप्पणीको लागि माफी माग्न भनिएको थियो।’ तर उनले माफी नमागी राजिनामा दिएका हुन ।

समितिले पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पार्टीगेट काण्डबारे संसदमा झुट बोलेको हो कि भनेर अनुसन्धान गरिरहेको छ । सोही बिषयमा क्षेत्राधिकार नाघेर मन्त्री स्मिथले टिप्पणी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्