आर्थिक र सामाजिक रूपान्तरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण : प्रजिअ पौडेल



धुलीखेल, काभ्रेपलाञ्चोक । देशको आर्थिक र सामाजिक रूपान्तरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बताउनु भएको छ ।

आज (शुक्रबार) धुलिखेलमा आयोजित कामना सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले देशको सिंको विकास, आर्थिक र सामाजिक रूपान्तरणका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यो देशमा एकले अर्कोलाई दोषारोपण थोपर्ने, भए गरेका कार्यहरुलाई पनि केही नभएको भन्दै निरुत्साही बनाउने जमातको जन्म भएको छ । यो जमातले केही हुँदैन, केही भएको छैन भन्दै निराशा बनाइरहेको छ । गरे के हुँदैन र नगरे केही हुँदैन । यसर्थ हरेक कार्यको सफलताका लागि निरन्तर आफ्नो कर्ममा दत्तचित्त भएर हुनुपर्छ अनि बल्ल सफल भइन्छ ।’

प्रतिक्रिया दिनुहोस्