अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् प्राप्त गर्न सकिने



काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

जसबाट नेपालमा रेमिट्यान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिनुभयो ।

सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाउँदै आएको छ । उत्कृष्ट सेवा, प्रविधिको भरपुर उपयोग र नविनतम उत्पादन सदैव बैंकका मुख्य स्तम्भका रुमपा रहँदै आएका छन् ।

नबिल बैंकले धेरै शाखाबाट सेवा प्रदान गर्नुका साथै कार्ड, विप्रेषण र लगानीमैत्री सेवा गरी सबैखाले बैकिङ सेवाको सुविधा दिँदै आएको छ । हाल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २ सय ५५ शाखा कार्यालय, २ सय ८३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ ।

यस बैकको १ सय ७० अन्तर्राष्ट्रिय बैकहरुसँग सहकार्य रहँदै आएको छ । यस बैकले नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडमार्फत लगानीसमेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्