ज्योतिपुञ्जका विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम

0
Shares

दाङ ।

ज्योतिपुञ्ज एजुकेशन ग्रुपले आज बिहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई मोटिभेसनल कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई अनुशासित, संस्कारितसगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेसनल कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई मोटिभेसनल कार्यक्रम गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लिका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा योगगुरु, प्रशिक्षक एंव मोटिभेटर रविन्द्र बस्नेतले विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, उनीहरुको ब्यक्तित्व बिकास, असल बानी ब्यवहार, अभिभावकप्रतिको जिम्वेवारी, संस्कार र संस्कृति, काम र पढाईबिचको समन्वय लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा एउटा विद्यार्थी बिहान उठेदेखि राती नसुत्दासम्म समय तालिका नै बनाएर अघी बढ्नपर्ने बिषयमा जानकारी गराईएको थियो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष युवराज थपलियाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको आवश्यकतामाथि विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा ज्योतिपुञ्ज आवासीय मा.वि का सञ्चालकहरु ध्रुवराज पौडेल, माधव खनाल, शालिकराम खनाल, ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कुल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनाल, प्रिन्सिपल शिव भडारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र पाण्डेयले गर्नु भएको थियो ।