कर्णाली प्रदेशसभाको बैठक आइतबारसम्मका लागि स्थगित

0
Shares

सुर्खेत । कर्णाली प्रदेशसभाको आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणबस् बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कर्णालीको संसद् अवरुद्ध गरेको थियो ।

बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।