जलहरी पुनस्थापित



काठमाडौं । पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी बुधबार पुनस्थापित गरिएको छ ।

बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिएको हो । जलहरी पुनस्थापित गर्दा दर्शनार्थीलाई प्रवेश निषेध गरिएको थियो । यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको थियो ।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलि∙बाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्