टेबलटेनिसमा सात स्पर्धा समावेश



काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सेलिशा क्यान्सरबाट पीडित छिन् ।

प्रतियोगितामा १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले नाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्