हिमालयमा बास्केटबल र फुटसल आजदेखि



काठमाडौं । हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ ।

नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । खेल कोटेश्वरस्थित आयोजक हिमालयकै हातामा हुनेछ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ ।

सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्