सशस्त्र समूहको आक्रमणबाट नौ जनाको मृत्यु



एजेन्सी ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए । घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ   ।

प्रतिक्रिया दिनुहोस्