बुटवल ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा लुम्बिनी प्रदेश अन्तर मावि छात्र छात्रा भलिबल प्रतियोगिता बुधवार देखी बुटवलमा सुरु भएको छ ।
रामनगरस्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा भएको उद्घाटन खेलमा सेन जोसेफले सिद्धार्थ ईगलिस बोर्डिङ स्कुलमाथि २–० को सेटमा जित निकालेको छ ।
यसै गरी न्यु होराईजन ईगलिस बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई २–० तथा उजिरसिह माविले देव दह ईगलिस बोर्डिङ स्कुललाई २–० को सेटमा पराजित गरेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन गर्दै चैत २३ गतेबाट अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अभियान सुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरू गरेको बताउनु भयो ।
उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालय स्तरको प्रतियोगिता गर्न लागेको उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, केन्द्रीय सदस्य नन्द काउचा, बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले रुपन्देही खेलको उर्वर भूमि भएको बताउनु भयो । असार १७ गतेसम्म हुने प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिमको सहभागी रहेको छ ।











प्रतिक्रिया