विपन्नका लागि निःशुल्क घोषणा भएका अस्पतालको शैया २ हजार २८ पुग्यो

0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियनले सफलता पाइरहेको छ । बिहिवार उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैया निःशुल्क गराउने निर्णय गरेपछि मन्त्री बस्नेतको अभियानले सफलता पाउन थालेको हो ।

यसरी विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शैयाको संख्या २ हजार २८ पुगेको छ । भोलिदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैया र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् ।

यसरी अहिले सम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या २ हजार २८ पुगेको छ । वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैया विपन्नका लागि निःशुल्क गन यस अगाडिनै घोषणा गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रिय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताउनु भयो ।

उहाँले ती शैयामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो । शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताउनु भयो ।

स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गर्नु भयो ।

निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेतले बताउनुभयो ।