ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो

0
Shares

काठमाडौँ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितहरूलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ ।

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जनालाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै रिहा गरिसकेको छ ।