मण्डपबाटै बेहुला पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।

मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।