अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो जवाफ

0
Shares

काठमाडाैं।

अदालतको अवहेलना गरेको विषयमा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शाहसँग लिखित जवाफ माग्ने आदेश गरेको हो। यो आदेशसँगै मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

मेयर बालेनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणीसमेत गरेका थिए। सोही टिप्पणीलाई लिएर उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

मेयर शाहविरुद्ध गत अवहेलनाको निवेदन परेको थियो। शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतमा निवेदन दिएकी थिइन्।