काठमाडौं ।
नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिवारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिइएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा पीडितहरुले उजुरी दिएपछि प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो । उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया