जसपाको विधान अधिवेशन आज समापन हुँदै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी छ ।

गत आइतबारदेखि शुरू भएको विधान अधिवेशन पूर्ववतः तालिका अनुसार आज (मंगलबार) समापन हुँदैछ ।

आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम शुरू भएको थियो ।

उक्त १० वटा समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।