प्रतिनिधि सभाको बैठक बस्दै : बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिँदै

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (मंगलबार) विहान ११ बजे आह्वान गरिएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा उक्त बैठकको आह्वान गरिएको छ ।

आजका लागि आह्वान गरिएको बैठकमा विनियोजन विधेयक (बजेट) २०८०÷८१ माथि छलफल जारी रहनेछ ।
सोही क्रममा बजेटमाथि उठेका प्रश्रहरूको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।

जसअनसार मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको हिजो (सोमबार)को बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभाका सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।