इङ्ल्यान्ड अन्तिम आठमा

0
Shares

लन्डन, (एजेन्सी) । इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ ।

इजरायललाई २–० गोलअन्तरले हराउँदै इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को क्वार्टरफाइनल प्रवेश गरेको हो । खेलको १५औं मिनेटमा एन्थोनी गोर्डनको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । दोस्रो हाफमा इमाइल स्मिथ रोले इङ्ल्यान्डको अग्रता दोब्बर पारेका थिए । इङ्ल्यान्ड दुई खेलमा शतप्रतिशत नतिजापछि ६ अंकसहित समूह सी को विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । दोस्रो स्थानको चेक रिपब्लिकको समान खेलमा तीन अंक छ । तेस्रो स्थानको जर्मनी र चौथो स्थानको इजरायलको समान खेलमा मात्र एक अंक रहेको छ ।

इङ्ल्यान्डले समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकलाई २–० ले हराएको थियो । इङ्ल्यान्डले समूह चरणको अन्तिम खेलमा बुधबार जर्मनीको सामना गर्नेछ । पहिलो खेलमा इजरायलसँग १–१ गोलको बराबरी खेलेको जर्मनीले दोस्रो खेलमा आइतबार चेक रिपब्लिकलाई २–१ को नतिजा सुम्पिएको थियो ।