सचिवका परिवारलाई प्रलोभनमा पार्ने प्रयास 

0
Shares

‘दलालहरु मेरो परिवारलाई लोभ्याउन आएको पाइयो। म र मेरो परिवारलाई किन्न सक्ने कोही जन्मेको नहोला।’

काठमाडौँ।

नेपाल सरकारका बहालाबाला एक सचिवका परिवारलाई केही ठेकेदार कम्पनीका व्यक्तिहरुले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका छन् । प्रदेश पूर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का पाएका ठेकेदारहरुको समूहले सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख सचिव मधुसुन बुर्लाकोटीको परिवारका सदस्यहरुलाई आर्थिक प्रलोभनमा पारेर काम फत्ते गर्न खोजेको हुन् ।

सचिव बुर्लाकोटीले सोमबार सामाजिक सञ्जाल मार्फत केही ठेकेदाहरुले आफ्ना परिवारका सदस्यलाई आर्थिक प्रलोभनमा पार्न खोजेको र उनीहरुको त्यस्तो प्रयास कुनै हालतमा पूरा नहुने उल्लेख गरेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का पाएका ठेकेदाहरुलाई ठेक्का किन समयमा नै लगाउन नसकेको भन्दै पटक पटक स्पष्टीकरण सोध्दै आएको छ । ठेकेदारले सो ठेक्का समयमा लगाउन नसक्दा अस्पताल समेत समयमा बन्न सकेको छैन भने ठेकेदार कम्पनी कालो सूचीमा पर्न सक्ने स्थिति देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्ता ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सक्छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको जिम्मेवारी पाएकाहरुलाई थप एक्सन गर्ने गृहकार्य अघि बढाएसँगै ती ठेकेदार कम्पनीका विभिन्न व्यक्तिहरुले सचिव बुर्लाकोटीका परिवारका विभिन्न सदस्यहरुलाई आर्थिक प्रलोभन देखाएर काम गराउन खोजेको पाइएको छ । यो कुरा सचिव वुर्लाकोटीको स्टाट्स बाट प्रस्ट हुन्छ । सचिव बुर्लाकोटीले आफ्नो फेसबुक स्टाट्समा  भन्नु भएको छ ‘प्रदेश पूर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको लुम्बिनी प्रादेशिक अस्पतालको सन्दर्भमा केही दलालहरु मेरो परिवारलाई लोभ्याउन आएको पाइयो। म र मेरो परिवारलाई किन्न सक्ने कोही जन्मेको नहोला।’