हराएको सुन जोख्न पशुपति क्षेत्र विकास कोष तयार

0
Shares

काठमाडौं ।

पशुपति मन्दिरमा चढाइएको सुनको विषयमा विवाद भइरहेको वेला अख्तियार दुरुपयो अनुसन्धान आयोगको उपस्थिमा सुन जोखिने भएको छ ।

पशुपति मन्दिरको जलहरी राख्दा सुनको दरुपयोग भएको भन्दै आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले सरोकारवाला निकायले राखेर हराएकाे भनिएको सुन जोख्न तयार भएको हो ।

आज ४ बजे सिमीत मानिसको उपस्थितमा सुन जोख्न लागिएको हो । पशुपतिमन्दिरको जलहरी राख्नको लागि राज्यकोषबाट एक सय २० केजी सुन खरिद गरेर पशुपति क्षेत्र विकास कोषलाई दिइएकाे थियो । जलहरी राख्दा सुनमा पित्तल मिसाएर राखिएको आरोप कोषका पदाधिकारीमाथि लाग्दै आएको छ ।

कोषका पदाधिकारीहरुले सुनमा कुनै अनियमितता नभएको दावी गर्दै आएपनि १० किलो भन्दा बढी सुन हराएको आरोप सरोकारवाला निकायहरुले लगाउँदै आएका छन् ।

कोषका एक पदाधिकारीका अनुसार जलहरीका लागि खरिद गरिएको सुन मध्ये १ किलो पशुपति मन्दिरका मुल भट्टलाई दिएको दावी गरेका छन । आज सुन जोखिने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ ।