नेपाल-नेदरल्याण्ड क्रिकेट : नेपालको छैटाैं विकेट गुम्यो

0
Shares

काठमाडौं।

नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ ।

 नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत मिलेको हो ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा  गरेको ब्याटिङ खराब हुदाँ छैटाैं बिकेट गुमाउनु परेको छ । १०० रन नजोडदै पाँच विकेट गुमाएको नेपालले यस खेलमा पराजय भएमा समुह चरणवाट नै बाहिरिने छ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले हालसम्म छैटाैं विकेट गुमाइसकेको छ। कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भए ।

अपरान्ह देखी सुरु भएको खेलमा ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए ।

आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो।

रिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए ।

भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।

 यो सँगै नेपालले छाैटाैं विकेट गुमाएको हो,  विकेट गुमाउदाँ नेपाल २५.२ ओभरमा ९१ रन मात्रै बनाउन सकेको थियो ।