काठमाडौँ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताएका हुन् ।
कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको समेत महामन्त्री थापाको भनाइ छ । सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न सक्नुपर्ने उनको भनाइ छ ।
‘ चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने ।
कम्युनिस्ट पार्टी मिलेर १० वर्ष नै सरकार चलाए पनि कांग्रेस डराउन नहुने महामन्त्री थापाको भनाइ छ ।











प्रतिक्रिया