काठमाडौँ।
नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि विगतमा आफू मन्त्री भएका बेला छुटयाएको बजेटको फाइल हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयको टेबलमुनि लुकाएको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा बोल्नु हुँदै सांसद आलेले विगतमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला नागरिक उड्डयन प्राधिकरणबाट एक अर्ब तथा २०७८/७९ जेठ १५ गतेको बजेट मार्फत एक अर्ब ५ करोड बजेट विनियोजन गरेकोमा अहिले सम्म पनि उक्त बजेटको फाइल हालका पर्यटनमन्त्रीले लुकाएर राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय मन्त्री ज्युले बजेट हाल्ने त कुरै भएन, विनियोजन भएको बजेट रोक्ने अधिकार पनि छैन ।’
यसैगरी उहाँले काठमाडौँ पछिको ठूलो विमानस्थलका रुपमा रहेको धनगढी विमानस्थल जसको धावनमार्ग एक हजार ८०० मिटर रहेको र अब मात्र ७०० मिटर थप्नका लागि र क्षेत्रीय विमानस्थल बनाउनका लागि विनियोजन गरिएको उक्त बजेट अहिले सम्म पनि रोकिएको र फाइल टेबलमुनि थन्काइएको बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘मैले हालका मन्त्रीबाट बजेटको आस गरेको छैन, तर विनियोजन भएको रकमको फाइल लुकाउन पाइँदैन ।’
आजको बैठकमा थप बेल्नु हुँदै सांसद आलेले विगतमा क्यासिनो सञ्चालकले राज्यलाई ठग्दै आएको र मैले राजश्व संकलनका लागि धेरै प्रयास गरेको भएपनि चार वटा क्यासिनो सञ्चालकले सरकारलाई राजश्व तिर्न अटेर गरेपछि ठाउँका ठाउँ कारबाही गरी उनीहरुको लाइसेन्स समेत खारेज गरेको जानकारी गराउनुभयो ।
यसैगरी उहाँले राज्यलाई राजश्व नतिर्ने क्यासिनोका बारेका गृहमन्त्रालयमा मद्दत माग्दा आफूले सहयोग नपाएको आरोप समेत लगाउनुभयो ।उहाँले भन्नुभयो, ‘क्यासिनोबाट दुई अर्ब रकम राजश्व असुल गर्नका लागि गृहको सहयोग मागे, गृह नै मौनभयो, जाबो मुचुल्का उचाल्न नपाएर सरकारको राजश्व रोकियो, क्यासिनो सञ्चालकहरु सम्मानीत सर्वोच्च अदालतको सम्बैधानिक इजलासमा गएका छन्, देश आर्थिक मन्दिमा परेको बेला अब राज्यको राजश्व नतिर्नेलाई कारबाही गर्नु पर्यो, राज्यको ढुकुटी जम्मा गर्नु पर्यो।’
यसैगरी सांसद आलेले भारतीय प्रधानमन्त्रीद्वारा २५ करोडमा निर्माण गरिएको पशुपति धर्मशालामा कहिले वैशाखमा पेसी आउने तथा कहिले असोजमा पेसी आउँछ, यो धर्मशाला पशुपति क्षेत्र विकास कोषको हातमा कहिले पनि नआएको जिकिर गर्नुभयो । उता पशुपति क्षेत्र विकास कोषको ३१ रोपनी जग्गा बिचौलियाको हातमा दिने काम भएको थियो । मैले जब सम्म ५३१ रोपनी जग्गा फिर्ता हुँदैन तब सम्म हाल साकि गर्नु हुँदैन, गरिए हामी छोड्नेवाला छैनौँ भनेको थिए पछि प्रधानमन्त्री ज्युले यथाशीघ्र उक्त पशुपति क्षेत्र विकास कोषको जग्गा हाल साबिक रोक्नु भएको भन्दै उहाँले धन्यवाद समेत दिनुभयो ।
यसैगरी सांसद आलेले सर्वाधिक व्यक्तिहरुले चासोपूर्वक हेरेको तारागाउँ विकास समितिको जग्गा तथा शेयर कारोबारका विषयमा मन्त्रीस्तरिय निर्णयबाट सहसचिव होम प्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्सीय छानबिन समिति गठन गरिएको र उक्त समितिले १० महिना १० लगाएर २०७९ पुस ८ गते प्रतिवेदन पर्यटनमन्त्री समक्ष बुझाएको महिनौँ बितिसके पनि केही कारबाही नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । फेसबुक र ट्विटरमा गोप्य सरकारी दस्ताबेज राखेर पारदर्शिता र सुशासनको नाटक बन्द गर्नुपर्ने बताउनु हुँदै सांसद आलेले थप भन्नुभयो, ‘तारागाउँमा सम्झौता अनुसार, सरकारको २२ दशमलव ६७ प्रतिशत शेयर फिर्ता हुनुपर्छ ।’











प्रतिक्रिया