एमालेद्वारा नगरसभा बहिष्कार 

0
Shares

धनगढी। 

 कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड  बराबरको बजेट ल्याएको छ।

शुक्रबारको दशौं नगर सभाबाट पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो।

जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पुँजीगततर्फ ४६ करोड ६६ लाख ८ हजारको बजेट सार्वजनिक गरिएको छ।

खर्च व्यहोेर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान गरिएको छ।

संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपूरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, सञ्चित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

यसैबीच नेकपा एमालेले भने नगरसभा बहिष्कार गरेको छ। एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले दशौँ नगरसभाको उद्घाटन सत्र बहिष्कार गरेका हुन्। नगरसभा सुरु हुने बित्तिकै उनीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। मेयर वीरेन्द्र भट्टले बजेट निर्माणमा उपेक्षा गरेको भन्दै जनप्रतिनिधिले सभा बहिष्कार गरेका हुन्।