धादिङ।
काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छी गाउँपालिका ७ गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
एआर ०६ ई ७०३१ नम्बरको बस गल्छी मोडमा काठमाडौँ जाँदै गरेको ना ६ ख ४९४० नम्बरको कन्टेनर ट्रकलाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
उक्त बसमा ३० जना सवार थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई गल्छीको अम्बी भरोसा अस्पताल उपचार भइरहेको छ । घाइतेहरुमध्ये भारतको राजस्थानको १२ वर्षका एक बालककाे मृत्यु भएको छ ।
बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया