त्रियोग बास्केटबल जारी

0
Shares

काठमाडौं । प्रथम त्रियोग अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको चौथो दिन बुधबार सम्पूर्ण समूहचरणका खेलहरु समाप्त भएका छन् ।

पुरुष तर्फका कबलिया बिष्टको उत्कृष्ट प्रदर्शनमा रातो बङ्गलाले चान्दबागलाई २१–१७ ले पराजित गर्दा भ्याली भ्युले त्रियोगलाई २४–१९ र युरोले जोन डेवीलाई ३२–१५ ले पराजित गर्यो । त्यसै गरी महिला तर्फ युरोले बृहस्पति विद्या सदनलाई १६–८ ले पराजित ग¥यो जसमा युरोकी यसिका श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरिन् । अन्य खेलहरुमा रातो बङ्गलाले बुढानिलकण्ठलाई १८–७ र रिब्सले काठमाडौँ विद्याकुञ्जलाई १९–११ ले पराजित ग¥यो ।

विहिबारबाट क्र्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । क्र्वाटरफाइनलमा पुरुषतर्फ निसर्गले भ्याली भ्यू , ग्यानोदयले निस्ट, रातो बङ्गलाले दिक्षालय र युरोले बुढानिलकण्ठसँग प्रतिस्पर्धा गर्नेछ । त्यसै गरी महिलातर्फ ग्यानोदयले निस्ट, रातो बङ्गलाले त्रियोग, दिक्षालयले युरो र रिब्सले बुढानिलकण्ठको सामना गर्नेछन् । सबै विद्यालयका समूहचरणका खेलहरुलाई मध्यनजर गर्दा नकआउट चरणका खेलहरु थप रोमाञ्चक हुने देखिएको छ । प्रतियोगिताका दुवै फाइनल खेलहरु असार १० गते खेलिनेछ ।