आदिपुरुषको भारतमै व्यापक विरोध



रिलिजमा आएदेखि नै बारम्बार नेपालसँगै भारतमा विवादको विषय बनिरहेको फिल्म आदिपुरुषमाथिको विवाद झन् चर्किंर्दै गएको छ।

फिल्ममाथि भारतमा पनि चर्को विवाद भएको छ। फिल्मलाई लिएर मुम्बई पुलिसमा एफआईआर नै दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सञ्जय तिवारी नामक व्यक्तिद्वारा मुम्बई हाईकोर्टका वकिल आशिष राय पंकज मिश्रा तथा दिव्या गुप्ताको माध्यमबाट एफआईआर दता भएको समाचारमा उल्लेख छ। जसमा निर्देशक ओम राउत, लेखक मनोज मुन्तशिर शुक्लालगायत सम्पूर्ण कलाकारमाथि कारबाहीको माग गरिएको छ।

त्यस्तै, विवादास्पद संवाद तथा प्रस्तुति भएको फिल्मलाई प्रदर्शनको सर्टिफिकेट प्रदान गरिएको भन्दै फिल्म सेन्सर बोर्डले लापरबाही गरेको आरोपसमेत लगाइएको छ। फिल्ममा रहेको विवादास्पद संवादलाई लिएर भारतमा विभिन्न हिन्दूवादी संगठनले फिल्मको विरोध गरिरहेका छन्। फिल्मले हिन्दू भावनामाथि आँच पुर्याउनुका साथै फिल्मका कारण नेपालसँगको सम्बन्धमा समेत नराम्रो असर परेको भारतिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। फिल्मलाई लिएर विवाद बढ्दै गएपछि फिल्मका केही संवाद भने परिवर्तन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्