विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर यादवविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै डेढ करोड बराबरको सम्पति गैर कानुनी रूपमा आर्जन गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेकानिकल इन्जिनियर यादवले सार्वजनिक पदमा रह“दा स्रोत नखुलेको सम्पति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार मुद्दा दायर गरेको आयोगले जनाएको छ । यादव २०४८ साल फागुन ९ गतेदेखि गत वर्ष जेठ ९ गतेसम्म प्राधिकरणको विभिन्न पदमा कार्यरत रहनुभएको थियो ।

निजको वैधानिक आयको तुलनामा खर्च झन्डै डेढ करोड रुपिया“ रहेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो। समग्र आम्दानी तथा व्यय खर्च तथा लगानीको विश्लेषण गर्दा आयको तुलनामा खर्च अस्वाभाविक पाइएको प्रवक्ता दाहालको भनाइ रहेको छ । निजको स्रोत खुलेको आम्दानी एक करोड ७१ लाख ४६ हजार ४४ रूपियाँ ३९ पैसा रहेको छ भने खर्च ३ करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपिया“ रहेको पाइएको छ ।

आयोगले आयको आधार लि“दा निजको पारिश्रमिक बचत, प्रोत्साहन भत्ता वापतको रकम, विदेश भ्रमण भत्तावापत प्राप्त रकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा आय, नेपाल विद्युत् प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, सेयरबाट प्राप्त नगद लाभांश, ब्याज आम्दानी, घरबहाल आय, बिमा म्याचुयर्ड भई प्राप्त रकम, सवारी बिक्रीबाट प्राप्त रकम, सेयर बिक्रीबाट प्राप्त रकम, मुआब्जावापत प्राप्त रकम र कृषि आयलाई गणना गरिएको छ ।

त्यसै गरी यादवको व्ययतर्फ घर निर्माण, जग्गा खरिद र रजिस्टेसन दस्तुर, अध्ययन खर्च तथा छोरीहरू विदेश पठाउ“दाको खर्च, कर्जाको सा“वा ब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी र बैंक मौज्दातलाई आधार लिइएको छ ।

आयभन्दा बढी भएको १ करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपिया“ एकचालिस बराबरको रकम के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ । सो अवस्था भनेको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको आयोगले ठहर रहेको छ । स्रोत नखुलेको रकम बराबरको बिगो, सोबमोजिम जरिवाना र कैद सजाय हुन आयोगले अदालतसमक्ष मागदाबी लिइएको छ ।

आयोगका अनुसार यादवकी श्रीमती मञ्जुदेवी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ । श्रीमती यादवसमेतको नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिदलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती यादवलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।