बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु



बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज (बुधबार) बिहान ८ बजे गलकोटबाट जिल्ला सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका–५ ठूलढुंगामा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका–१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका–१० राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्