राष्ट्रपति पुत्र लागूऔषध प्रयोगकर्ता भएको पुष्टी

0
Shares

बासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति वाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरेपछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा हातहतियार राखेको आरोप लागेपछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन् ।

आफ्नो गृहराज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपतिका छोरा हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रूपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।

उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपतिका छोरामाथि कानुनी कारबाही हुनेछ ।

उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनीमाथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाईट हाउसले सोभन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।