जेम्सको सर्ट टाइम मेमोरी लस

0
Shares

गायक, संगीतकार तथा एरेन्जर जेम्स प्रधान निर्देशक बनेका छन्।

उनको निर्देशनमा तयार भएको सर्ट फिल्म सर्ट टर्म मेमोरी लसको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर गरियो। एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले यो सर्ट फिल्मबाट निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत गरेका छन्। ञम फिल्म निर्देशन गर्छु, तर कहिले अहिले भन्न सक्दिनँ। यसलाई त्यसकै सुरुआतको रुपमा समेत बन्नन सकिन्छ, जेम्सले भने ।

इन्टरनेटको माध्यमले आफूले सिकेको सीपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले कार्यक्रममा जानकारी दिए। ञमैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आप्mनो क्षमता प्रयोग गरिरहेको थिएँ। त्यही क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ, जेम्सको भनाइ थियो। उनको यो दोस्रो सर्ट फिल्म हो। गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशनसम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको हो।

उनको सर्ट फिल्ममा समिसन जिसी र वेदना राईले अभिनय गरेका छन्। यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितिलाई चित्रण गरिएको छोटो फिल्म १९ मिनेटको छ। यसमा श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन र जेसिका प्रधानले सम्पादन गरेका छन्।

कार्यक्रममा निर्देशक राजेन्द्र शुलभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महशुस गरेको बताए। ञमैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझेको छु। म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएन, निर्देशक शलभले भने। अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमितभन्दा फरक महशुस गरेको प्रतिक्रिया दिए। ञनिर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ। कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जागेको छ, अभिनेता प्रशान्तले भने। सञ्चारकर्मी नरेश भद्मराईद्वारा सञ्चालित कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, संगीतकार न्ह्यू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्यलगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रशंसा गरेका थिए।