कर्णाली नदीमा जिप खस्यो, चालकको मृत्यु 



हुम्ला ।

सदरमुकाम सिमिकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको नाम्खा गाउँपालिका १ मा पर्ने  च्याछहरा भीरमा उकालो चढ्दै गरेको जिप भीरबाट कर्णाली नदीमा खसेको हो । सोमबार बिहान ५ बजे सिमिकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराइका कणौली  प्रदेश ३०–१–०२२च५१२६नम्बरको जिप दिउँसो कर्णाली नदीमा खसेको बताए ।

मृत्यु हुनेमा गाडी चालक जनकपुर शान्तिपुर –२ धनुषा घर भएका२५ बर्षिय राजेश हेमजंग तामाङ रहेको भएको प्रहरीले जनाएको छ । १२ जना भने सकुशल रहेको धारापोरी प्रहरी चौकीले जनाएको छ।

सडकबाट ५सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका  प्रहरी प्रमुख भट्टराइले भने खबर पाउने बित्तिकै धारापोरी प्रहरी चौकीबाट प्रहरी टोली पठाएको उनले बताएका छन् ।

चिनको ताक्लाकोटमा जान सिमापास बनाउन सदरमुकाम सिमकोट आएका लिमिका १२ जना यात्रु बोकेर हिल्सा जान लागेको जानकारी प्राप्त भएको छ।
उक्त जिप च्याछहराको भिरमा मान्छे बोकेर जान कठिनाई हुने भएकाले उकालोमा सबै मानिसहरू ओर्लिएर ड्राइभर मात्रै गएका कारण अरु मानवीय क्षति नभएको डिएसपी भट्टराईले बताए ।

सामानसहित भिरबाट ५ सय  मिटर तल कर्णाली नदिमा खसेको जिप नदिमा डुबेर बेपत्ता भएको छ । घटनास्थलदेखि तल नदि वारीपारी प्रहरी र स्थानीयवासी जिपको खोजीकार्यमा लागि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्