चोरीपैठारीको सामानसहित मोटरसाइकल प्रहरीको नियन्त्रणमा



रुपन्देही। 

जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा इलाकाबाट १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मक्खन र एउटा मोटरसाइकलसहित सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ९बर्मेलिटोल बस्ने ३५ वर्षीय गोपाल आडवानीलाई शनिबार  सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।

        लु ७ प ५७४७ नम्बरको मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मक्खन प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डालेनियन्त्रणमा लिएको हो ।

        यसैगरी सोही इलाकाबाट आइतबार  सशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय ८५ रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ।

        नियन्त्रणमा लिइएको व्यक्ति, सामान र मोटरसाइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको  सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्