ठोरी गाउँपालिकामा सवारी साधनमा मात्रै २४ लाख बढी रकम खर्च 



वीरगन्ज।  

पर्साको ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै २४ लाखभन्दा बढि रकम खर्चिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयले हालै सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदनअनुसार गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मार्फतमा मात्रै २४ लाख ४० हजार ७०९ रुपैयाँ खर्च गरेको हो ।

कर्मचारीले प्रयोग गर्ने १२ थान मोटरसाइकल, दुई थान ट्रिपर, एक/एक थान एक्साभेटर, ब्याकलोडर, रोलर, ट्याक्टर र भार पाङ्ग्रे टाटा योद्धा गाडीलगायत ३६ वटा सवारी मर्मतका लागि गाउँपालिकाले झन्डै साढे २४ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले यसरी औसतमा एउटा सवारीसाधन मार्फत गर्न झन्डै एक लाख रुपैयाँ खर्च गरेको देखिएको छ । गाउँपालिकाले गरेको यस्तो अव्यवस्थित खर्च नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्