सवारी दुर्घटना हुँदा सिडिओ घाइते



धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परेका छन् ।

आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगञ्ज जाने क्रममा सिडिओ युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो ।

सिडिओ कट्टेल सामान्य घाइते भएका छन् । उनी सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्