पहिरोमा परी ४ जना बेपत्ता, खोजीकार्य जारी



ताप्लेजुङ । गएरात परेको वर्षासँगै आएको पहिरोमा परी चारजना बेपत्ता भएका छन् । जिल्लाको सिदिङवा गाउँपालिका–६ मेहेलेमा गएको पहिरो परी उनीहरू बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् ।

सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी राजन लिम्बुका अनुसार बेपत्ता भएका चारैजनाको खोजीकार्य जारी छ ।

अहिले पनि भारी वर्षाका कारण घठनास्थलसम्म जान कठिन भएको सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरीयाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्