गैरसरकारी संस्था महासंघ रसुवाको अध्यक्षमा हेमनाथ खतिवडा



रसुवा । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा रसुवाको अध्यक्षमा हेमनाथ खतिवडा चयन भएका छन् ।

हिजो (शनिबार) जिल्लाको कालिकास्थानमा भएको पाँचौ जिल्ला अधिवेशनबाट खतिवडा अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा राधिका न्यौपाने, सचिवमा रितमान वाईवा, सहसचिवमा विष्णुबहादुर लामा चयन भएको उक्त शाखाले जनाएको छ ।

त्यसैगरी कोषाध्यक्षमा गायत्री लामिछाने, सदस्यमा उमेश भट्टराई चयन भएका छन् ।

वर्तमान समितिले गैरसरकारी संस्था महासंघको हकहित र उन्नयनका लागि निरन्तर लागि पर्ने अध्यक्ष खतिवडाले बताए ।

संस्थाका केही नराम्रा पक्षलाई सुधार गर्नुपर्ने भएकोले यसका लागि सबैले रचनात्मक सल्लाह, सुझाव र सहयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्