सेनाका गजेन्द्र प्रथम



लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित मिनि म्याराथन प्रतियोगीतामा गजेन्द्र राई प्रथम भएका छन् ।

खेलको माध्यमबाट युवाहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै जिल्लालाई खेलको माध्यमबाट देश भर चिनाउने उद्धेश्यले शनिबार आयोजित प्रतियोगीतामा ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै गजेन्द्र प्रथम स्थान लिन सफल भए । प्रतियोगीतामा रणसिंह गणका रामजी बस्नेत दोश्रो, बरख गणका मोहनदेव जोशी तेश्रो र भैरवनाथ गणका सन्जे श्रेष्ठ र रणसेर गणका प्रेमबहादुर बस्नेत सान्त्वना भएको आयोजकले जनाएको छ ।

रामजीले ४६ मिनट ३० सेकेण्डमा, मोहनदेवले ४७ मिनेट १४ सेकेण्मा, सन्जेले ४७ मिनेट २३ सेकेण्डमा र प्रेमबहादुरले ४९ मिनेट २० सेकेण्ड दुरी पार गरेको जिल्ला खेलकुद समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले जानकारी दिनुभयो ।

प्रथम स्थान ओगटेका गजेन्द्रलाई नगद ५५ हजार पाँच सय ५०, दोस्रो स्थान हासिल गरेका रामजीलाई २५ हजार पाँच सय ५० रुपैयाँ प्रदान गरियो । यस्तै तेस्रोलाई नगद १५ हजार पाँच सय ५० र सान्त्वनालाई पुरस्कार १० हजार पाँच सय रुपैयाँ दिइयो ।

प्रतिक्रिया दिनुहोस्