मुकेश र राममायालाई स्वर्ण



काठमाडौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढाले युथ ओपन फाइभ के रनमा शनिबार स्वर्ण जितेका छन् ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे । आर्मीकाद्वय श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) दोश्रो तथा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) तेश्रो भए ।

राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड) ले रजत तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) ले कांस्य हात पारे ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्