ग्राण्डमास्टरलाई रुपेशले बराबरीमा रोके



काठमाडौं । नेपाल च्याम्पियन २१४६ फिडेमास्टर रुपेश जैसवालले भारतिय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणमा बराबरीमा रोकेका छन् ।

यो बराबरी संगै दासको उपाधि जित्ने यात्रामा ठूलो धक्का समेत लाग्यो । निकै नै रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका दास आक्रमक रुपमा प्रस्तुत भए । सेतो गोटी लिएका रुपेशले दासको हरेक चालको जवाफ दिए । तर खेलको ५८ औं चालमा सिपाहि एउटा दासले फाइदा गरे । जसले गर्दा रुपेश दवावमा आए । सिपाहि एउटा गुमाए पनि धैर्यताका साथ दासको सामना गर्दै गए ।

सिपाहि एउटाको फाइदा उठाउन दासले निकै प्रयत्न गरे पनि रुपेशलाई हराउन असफल भए र खेलको १०५ औं चालमा बराबरी स्वीकार्न बाध्य भए । रुपेशले तेस्रो चरणको खेलमा पनि सातौ चरणसम्म अग्रता लिइ रहेका २४१५ रेटेड नुबैर शााह मोहम्मदलाई बराबरीमा रोकेका थिए । रुपेशले छैटौं चरणको खेलमा नेपालका पुरुषोत्तम सिलवाललाई हराएका थिए ।

त्यस्तै १४ बर्षका १८३४ रेटेट पुरुषोत्तम सिलवालले बंगलादेशका २२१२ रेटेड फिडेमास्टर हसन पराग मेहन्दीलाई हराएर सनसनी नतिजा निकाले । हसनले कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरे। सोतो गोटी लिएर खेल अगाडि बढाएका पुरुषोत्तमले निकै नै आक्रमक देखिएका हसनको हरेक चाललाई विफल बनाउँदै लगे ।

निकै नै ट्याक्टिकल खेलको २५ औ चालमा पुरुषोत्तमले घोडा एउटा गरे र २६ औं चालमा पुनः घोडा बलिदान गरि प्यादा दुई वटा लिए । दुइटा प्यादा गुमाए पछि निरीह बनेका हसन माथी पुरुषोत्तमले लगातार दवाव दिन सफल भए । जसको परिणामस्वरूप हसन ३७ औं चालमा पुरुषोत्तमलाई खेल सुम्पे । पुरुषोत्तमको ३ अंक र रुपेशको ४ अंक छ ।

सातौ चरणको खेल सम्पन्न हुँदा चौथो स्थानमा रहेका क्षितिज भण्डारीले छैटौं र सातौ चरणमा जीत निकाली साढे ४ अंक जोडेका छन् । नेपालका क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामामाथी खेलको ५८ औं जीत हात पारे भने छैटौं चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाए पन्छाएका थिए ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा संचालन भइरहेको साउथ एशियन चृेस च्याम्पियनसिपमा छैटौं र सातौ चरणको खेल सम्पन्न हुदा खुल्लातर्फ प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतका २४१५ रेटेड इन्टरनेशनल मास्टर नुबैर शाह मोहम्मद साढे छ अंक सहित शिर्ष स्थानमा नै रहेका छन् । त्यस्तै सयन्तन दास साढे ५ अंक लिइ दोस्रो स्थान ओगटेका छन् ।

महिलातर्फ चौथो र पाँचौ चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले ५ अंक सहित शिर्ष स्थान नै रहेका छन् । उनले पाँचौ चरणको खेलमा नेपालका सुशीला गुरुङलाई हराइन् भने चौथो चरणमा मालदिप्सकी नुहा रिवानबाट वाक ओेभर पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्