नेपाल महिला एकता समाजको आयोजनामा  चित्रकला प्रतियोगिता सम्पन्न 



काठमाडौँ। 

नेपाल महिला एकता समाजको आयोजनामा विभिन्न समुदायका २० जना  बालबालिकाहरुबीच  चित्रकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीले ‘ क्लाइमेत  जस्टिस  ‘ लाई विषय बनाई चित्र कोरेका थिए ।

उक्त चित्रकला प्रतियोगितामा  आशिर्या देसार प्रथम , प्राप्ति कुँवर दोस्रो ,  युजला महर्जन तेस्रो भएका छन्। यस्तै अरुण बिके तथा आर्यन पहरीले सान्त्वना पुरुस्कार प्राप्त गरेका छन् । प्रतियोगी सबैलाई विशेष  पुरस्कार प्रदान गरिएको  थियो ।

बाल बालिकाहरुलाई सानै देखि प्रोत्साहन दिँदै जाने हो भने भोलिको भविष्यमा कुनै अप्ठ्यारो नहुने आयोजक संस्थाका कार्यक्रम अधिकृत  अप्सरा तिमल्सिना बताउँछिन् । पहिलो पटक प्रतियोगितामा भाग लिएको अरुण बिके ,विशेष पुरस्कारले निकै हौसला दिएको बताउँछन्।

प्रतियोगितामा प्रथम भएकी  आशिर्या देसारमलाई चित्र कोर्न मन पर्छ।  धेरै प्रतियोगितामा भाग लिएकी उनीलाई  प्रोग्रामले अझ ज्ञान दिने  र मेहनत गर्न प्रोत्साहन गर्ने बताउँछिन्।
नेपाल महिला एकता समाजले बाल बालिका लक्षित कार्यक्रम प्रत्येक वर्ष गर्दै आइरहेको ‘ क्लाइमेत  जस्टिस  ‘ का क्याम्पेनेर मनिका लामाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्