ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते



दैलेख।

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–१ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ वर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ११ वर्षीय शङ्कर मगर घाइते भएका छन् ।

घाइते हुनेहरूमा मगर बाहेक चार जना एउटै गाउँका हुन् । शनिबार स्थानीय देवलगत आधारभूत विद्यालय नुवावन भवनको प्लास्टर निर्माणको लागि बालुवा लिई आउँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि दुल्लु अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्