दलित, भूमिहीनलाई लालपुर्जा

0
Shares

नवलपरासी। 

जिल्लाको हुप्सेकाेट गाउँपालिकाकाे १ सय ५ घर भूमिहीन दलित तथा सुकुम्वासीलाई शनिवार लालपुर्जा वितरण गरिएको छ ।
हुप्सेकाेट २ मा बसोबास गर्ने ५६ घर भूमिहीन दलित तथा ४९ घर भूमिहीन सुकुम्वासीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले जग्गाधनी पुर्जा वितरण गर्नु भएको हो ।

राष्ट्रिय भूमि आयोग पूर्वी नवलपरासीले आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा मन्त्री चाैधरीले संविधानले हरेक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको बताउनुभयो ।

हुप्सेकाेट गाउँ पालिका प्रमुख लक्ष्मी देवी पाण्डेकाे अध्यक्षता रहेको लालपुर्जा वितरण कार्यक्रममा गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, वन वातावरण, उद्योग तथा पर्यटन  मन्त्री दीपेन्द्र थापा उपस्थिति रहेको थियो ।

यसै गरी राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला,उपाध्यक्ष नहेन्द्र खड्का,सदस्य भैरवराज रेग्मी जिल्ला अध्यक्ष तारापति खरेल,जिसस प्रमुख बाबुराम विश्वकर्मा लगायतकाले कार्यक्रममा उपस्थिति रहेको थियो ।

वडा नम्बर २ बाट सुरु भएको लालपुर्जा वितरण कार्य क्रमशः अन्य वडा पनि अगाडि बढाइने पालिका प्रमुख पाण्डेले बताउनु भयो ।