मिनी म्याराथुन प्रतियोगीतामा नेपाली सेनाका गजेन्द्र राई प्रथम 



लमजुङ।

लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित मिनी म्याराथुन प्रतियोगीतामा गजेन्द्र राई प्रथम भएका छन् । खेलको माध्यमबाट युवाहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै जिल्लालाई खेलको माध्यमबाट देश भर चिनाउने उद्देश्यले शनिबार आयोजित मिनी म्याराथुन प्रतियोगीतामा नेपाली सेना सेर गणका गजेन्द्र राई प्रथम भएका हुन् । उनले मिनी म्याराथुनका लागि निर्धारण गरिएको बेसीशहर प्रवेशद्वारा देखि सुन्दबाजर नगरपालिका ८ अकला मन्दिर, बगैँचा, सिउँडीबार, फेदीकुना, सुन्दरबजार कृषि क्यापस गेट, पाउँदी हुँदै फूलबारी, सिउँडीबार देखि कृष्ण बगैँचा सम्म १५ किलो मिटर ४५ मिनेट ५४ सेकेण्डमा  पार गर्दै प्रथम स्थान ओगटेका हुन् ।

प्रतियोगीतामा रणसिंह गणका रामजी बस्नेत दोश्रो, बरख गणका मोहनदेव जोशी  तेश्रो र भैरवनाथ गणका सन्जे श्रेष्ठ र रणसेर गणका प्रेमबहादुर बस्नेत सान्तोन भएको आयोजकले जनाएको छ । रामजीले ४६ मिनट ३० सेकेण्डमा, मोहनदेवले ४७ मिनेट १४ सेकेण्मा, सन्जेले ४७ मिनेट २३ सेकेण्डमा र प्रेमबहादुरले ४९ मिनेट २० सेकेण्ड दुरी पार गरेको जिल्ला खेलकुद समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम स्थान ओगटेका गजेन्द्र राईलाई नगद ५५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसै गरी दोस्रो स्थान हाँसिल गर्न सफल रामजी बस्नेतलाई पुरस्कार २५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाण पत्र, तेस्रोलाई पुरस्कार नगद १५ हजार पाँच सय ५० मेडल प्रमाण पत्र र सान्तोनलाई पुरस्कार १० हजार पाँच सय रुपैयाँ र सहभागी प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिताका विजेताहरुलाई प्रतिनिधि सभा सदस्य एवं पूर्व मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङ र जिल्ला खेलकुद समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले एक साथ पुरस्कार वितरण गरेका हुन् ।

जिल्ला खेलकुद समितिका अध्यक्ष कालु गुरुङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं पूर्व मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले खेलकुद अपरिहार्य रहेको बताउदै जिल्लामा राष्ट्रव्यापी मिनिदौड नभै राष्ट्र ब्यापि म्याराथुन दौड प्रतियोगिता आयोजना गर्नुपर्ने मा जोड दिँदै त्यस्कालागि आउँदो दिनमा आफ्नो ठाउवाट आफुले गर्नु पर्ने सहयोग गर्ने वताए । समितिका सचिव विष्णु खड्काले संचालन गरेका कार्यक्रममा लमजुङ, तनहुँ, चितवन र गोर्खाका गरी ४० जनाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्