विभिन्न हातहतियारसहित एक जना पक्राउ



कैलाली । कैलारी गाउँपालिका ८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्