सच्चिने कि सक्किने ?

प्रधानमन्त्रीविरुद्ध मुद्दा 

0
Shares

हेटौंडा।

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उपलब्धि रक्षा गर्न नसक्नुको परिणामस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताउनु भएको छ।

प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारका रुपमा प्रयोग गर्ने खतरा बढेको उहाँको भनाइ छ । प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारका रुपमा प्रयोग गर्ने खतरा बढेको बताउनुभयो ।

बिहीबार सञ्चारकर्मीस“ग कुरा गर्दै मन्त्री श्रेष्ठले माओवादीहरुले लडेर ल्याएको उपलब्धि रक्षा र संस्थागत् गर्न असफल हुँदै गएको बताउनुभएको हो । ‘हाम्रा अगाडि दुईमात्र विकल्प छन् । सच्चिने, कि सक्किने । तसर्थ, सच्चिनुको विकल्प छैन । मेरो आग्रह छ, सबै सच्चिऔं । नयाँ आधारमा रुपान्तरणसहित नयाँ एकता कायम गरेर नयाँ नेपालको नेतृत्व गरौँ ।

नेपाल समाजवादी पार्टीका सह अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले माओवादी केन्द्रलाई एकताका लागि लिखितरुपमा आधार प्रस्तावहरु दिएको जानकारी दिनुभयो । उहाँले माओवादी पार्टीबाट औपचारिकरुपमा जवाफ नआएको र पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफूहरुले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिकरुपमा जवाफ लेख्ने जानकारी पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–क्रान्ति निकै निर्मम हुन्छ । क्रान्तिको केन्द्रीय प्रश्न राज्यसत्ता हो । क्रान्तिमा हारेका वर्ग र शक्तिले जहिल्यै पनि प्रतिक्रान्तिका लागि अन्तिम प्रयास गरिरहन्छ । गुमेको आफ्नो सत्ता स्वर्ग फिर्ता गर्न नाभिदेखिको बल लगाइरहन्छ । यो उनीहरुको धर्म हो ।

मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज पार्न एकताबद्ध हुनुपर्ने औँल्याउनुभयो ।

गणतन्त्रलगायत राजनीतिक परिवर्तनको रक्षा र सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न एकता आवश्यक रहेको उहाँको कथन छ । उहाँले भन्नुभयो–हामीले रगतस“ग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था, नेपाली जनताले लडेर प्राप्त गरेका उपलब्धि रक्षा गर्दै थप उपलब्धि प्राप्तिका निम्ति एकता आवश्यक छ । प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न पनि एकता आवश्यक छ ।
मन्त्री श्रेष्ठले यथास्थितिमा माओवादी धारका दलबीच एकता सम्भव नभएको स्पष्ट पार्नुभयो । एकताका लागि सबै रुपान्तरण हुनुपर्ने भन्दै उहाँले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर आआफ्नै डम्फु बजाएर बसे जनयुद्धका उपलब्धि रक्षा नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो–यथास्थितिमा एकता सम्भव छैन । नयाँ“ आधारमा नयाँ एकताका लागि सबैमा रुपान्तरण आवश्यक छ । रुपान्तरणसहित एकताको विकल्प छैन ।

‘हाम्रो देशको सन्दर्भमा क्रान्तिकारी शक्तिहरु आफैंले लडेर ल्याएका उपलब्धि रक्षा र संस्थागत् गर्न असफल हु“दै गएका छन् । यसको परिणाम हो यी मुद्धाहरु,’ उहाँले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बा“की काम टुंग्याउनुपर्दछ । ‘दीप निभ्नुअघि दियोमा तेल थपौं । दीप निभेपछि अन्धकारमा आ“शु बगाएर प्रायश्चित गर्नुको अर्थ छैन,’ उहाँले भन्नुभयो।